free website hit counter

पूर्वराजाको सहयोग रकम कोषमा जम्मा गरियो

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

काठमाडौं । कोरोना रोकथाम, राहत तथा उपचार कोषमा धेरै क्षेत्रबाट सहयोगी हातहरु थपिनेक्रममा छ । पूर्वराजा ज्ञानेन्द्र शाहले उपलब्ध गराएको २ करोड रुपैयाँ कोषमा जम्मा गरिएको छ । हिमानी कोषले शाहबाट उपलब्ध २ करोड रुपैयाँ प्रधानमन्त्रीले स्थापना गरेको कोषलाई आइतबार हस्तान्तरण गरेको हो ।

हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझेको कोषले एक विज्ञप्तिमार्फत जनाएको छ । रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सहि सदुपयोग होस् भन्ने हिमानी कोष र पूर्वराजाको चाहना रहेको जानकारी गराएको थियो ।

यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्ने जनाएको छ । केही समयअघि मात्रै पूर्वराजा शाहले हिमानी कोषमार्फत सरकारले स्थापना गरेको कोषमा २ करोड सहयोग गर्ने घोषणा गरेका थिए ।

सम्बन्धित समाचार