free website hit counter

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, मूल्यमा नयाँ कीर्तिमान

beemaadmin
२०७८ फाल्गुन ८, आईतवार

काठमाडौं । निरन्तर घाटा व्यहोरीरहेको आयल निगमलेपेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम प्रदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल–मटितेलमा ३–३ रुपैयाँ मूल्य बढाएको छ। त्यस अनुसार उपत्यकामा पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ, डिजेल प्रतिलिटर १२८ र मटितेल प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

सम्बन्धित समाचार