free website hit counter

प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई भने, कोरोनाले मन्त्री, मुख्यमन्त्री चिन्दैन

beemaadmin
२०७६ चैत्र २९, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाले मन्त्री– मुख्यमन्त्री कोही नचिन्ने भन्दै खेलाँची नगर्न सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री कार्यालयमा शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भएको भिडिओ कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले अमेरिका, इटाली, फ्रान्स, बेलायतजस्ता सम्पन्न राष्ट्रहरूले समेत कोरोना नियन्त्रण गर्न न सकिरहेको अवस्थामा लक डाउनलाई कडाइका साथ पालना गर्नुको विकप्ल रहेको स्पष्ट पारेको बताइएको छ । लकडाउनका नाममा जनताले पनि दुःख नपाउनेतर्फ ध्यान दिन मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले लकडाउन छिटो टुंग्याउनु झन घातक हुने संकेत गर्दै सीमानाका अझ कडाई गर्न निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार