काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सबैजसो सूचांकमा प्रगति गरेको छ । प्रभु लाइफले दोस्रो त्रैमाशिक अवधिमा ६० करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन ९५.०९ प्रतिशतले बृद्धि गरेको छ।
त्यस्तै कुल बीमा शुल्क आर्जन भने २ अर्ब ६८ करोड रुपैयाँ छ। कम्पनीले यसै यसै अवधिमा सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो। प्राथमिक शेयर निष्काशनपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ। जगेडा कोषमा भने २८ करोड ४१ लाख रुपैयाँ छ।
कम्पनीले खुद मुनाफा पनि १२५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ। यसै अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा तीन करोड ५८ लाख रुपैयाँ थियो। प्रभु लाइफले दोस्रो त्रैमाशिक अवधिमा एक करोड १३ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ। अभिकर्ताले ९ करोड ९५ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्। हाल कम्पनीको सक्रिय बीमालेखको संख्या एक लाख ६१ हजार वटा छन्। कम्पनीले बीमितलाई ९१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।