free website hit counter

बचत खाता १ करोड १ लाखसम्मको बीमा सुरक्षा

beemaadmin
२०७९ आश्विन २, आईतवार

काठमाडौं । ग्राहक आकर्षित गर्न बैंक तथा वित्तीय संस्थाले आकर्षक योजनाहरु अघि सार्न थालेका छन् । मुक्तिनाथ विकास बैंक १ करोड १ लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशीर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्ड क्याटोगरीमा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि रु। २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु। ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् । यस्तै विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् । यसै गरी मुक्तिनाथ आशीर्वाद बचत खाता प्लाटिनम क्याटोगोरीमा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि रु। २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि रु। ८० लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् । यस्तै विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् । बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार