काठमाडौं । सामाजिक उत्तदायित्वका कार्यक्रममा अग्रणी महालक्ष्मी विकास बैंकले बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप ५लाख सहयोग प्रदान गरेको छ ।
बाल सारथीले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको जनाउँदै आएको छ । बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपाञ्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई ५ लाखको चेक हस्तान्तरण गरिन् । उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिइन् ।