free website hit counter

बीमालेख फिर्ता सम्बन्धी व्यवस्था समितिले सच्यायो

beemaadmin
२०७८ असार २५, शुक्रबार

काठमाडौं । बीमालेख फिर्ता सम्बन्धी व्यवस्थामा चौतर्फी आलोचना खेपेपछि बीमा समितिले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ संशोधन गरिएको छ । समितिले बुधबार जारी गरेको निर्देशिकालाई संशोधन गरी सार्वजनिक गरेको छ । समितिले बुधबार जारी गरेको निर्देशिकाको बुदाँ नम्बर २१ मा रहेको प्रावधानलाई हटाएर नयाँ निर्देशिका आफ्नो वेभसाइडमा राखेको हो । समितिले जारी गरेको निर्देशिकामा बीमकले जारी गर्ने सबै किसिमका बीमालेखहरुमा ३० दिनको बीमालेख फिर्ता गर्नुपर्ने र त्यसको अवधी बीमालेख जारी भएको मितिदेखि लागू हुने व्यवस्था रहेको थियो । यो व्यवस्थामाथि सबैतिरबाट आलोचना खेपेपछि समितिले सो बुँदा हटाएको हो । त्यस अवधीमा बीमितले बीमालेख फिर्ता गर्न लिखित अनुरोध गरेमा सो बीमालेख अन्तर्गत कुनै दाबी नपरेको अवस्थामा बीमकले बीमालेख बापत लिएको सम्पुर्ण बीमाशुल्क रकम फिर्ता गरी बीमालेख रद्ध गर्नुपर्ने व्यवस्था उल्लेख थियो ।

सम्बन्धित समाचार