काठमाडौं । एक बिमितका आश्रित परिवारलाई एशियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीको दाङ्ग शाखाले लमही ५ दाङ्ग निवासी स्व कमल नेपालीका परिवारलाई मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । कम्पनीले विहिवार दाङ्गको लमहीमा मृतकको घरमै पुगी मृतककी श्रीमती पुनम परिवारलाई ८ लाख ६६ हजार रुपैयाँको चेक कम्पनीका दाङ्ग शाखा प्रमुखले चेक हस्तान्तरण गरेका थिए । मृतक कमल नेपालीको गत कार्तिकमा ट्रक दुर्घटनामा परि निधन भएको थियो । निजले ४ लाखको बीमा गरि ३ बर्षमा ८० हजार विमा शुल्क जम्मा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लमही नपा ५ का वडाध्यक्ष बिनबहादुर केसी सहित अभिकर्ता, कर्मचारी, स्थानिय संचार कर्मी तथा मृतकका परिवार आफन्तको उपसथिति रहेको थियो । कम्पनीका शाखा प्रवन्धक केशवराज गिरीले बीमा कम्पनी सामाजिक सेवा प्रदायक सस्ंथा भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्देै आएको जानकारी गराएका थिए । कार्यक्रमको अध्यक्षता दाङ्ग शाखाका शाखा प्रवन्धक केशवराज गिरीले गरेका थिए भने कार्यक्रम संचालन दाङ्ग शाखाका अपरेसन ईन्र्चाज बसन्त भुसालले गरेका थिए ।