काठमाडौं । बीमा व्यवसायको नाफा घाटाको हिसाव किताव राख्न सहयोग पुर्याउने एक्चुअरियल साइन्सप्रति नेपालमा पनि आकर्षण बढ्दो छ । बीमा व्यवसायको विस्तारसँगै यो विषय अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दै गएको छ ।
केही समय पहिलासम्म बीमा व्यवसायको नाफाघाटाका हिसाव किताव निकाल्न विदेशीकै सहयोग लिनु पर्ने अवस्था थियो । तर अहिले नाफाघाटाको हिसाव नेपालमै पनि निकाल्न थालिएको छ भने ठूला कम्पनीहरुले अझै पनि विदेशीकै सहयोग लिने गरेका छन् ।
त्रिभुवन विश्वविधालय अन्तर्गत एक्चुअरियल साईन्सको स्नातक तहमा नयाँ भर्ना खुलेको छ । त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत सेमेष्टर प्रणाली अनुसार पठनपाठन हुने चार वर्षे स्नातक तहमा एक्चुअरियल विषयमा भर्ना खुलेको हो ।
कक्षा १२ वा सो सरहको परीक्षामा १०० पूर्णाङ्कको म्याथम्याटिक्स वा विजनेश म्याथम्याटिक्स विषय लिएर जुनसुकै संकाय (विज्ञान संकाय, व्यवस्थापन संकाय, मानविकि र शिक्षाशास्त्र संकाय) बाट कम्तिमा द्धितिय श्रेणी वा हरेक विषयमा डि ग्रेडको साथ जिपिए २ वा सो भन्दा बढी प्राप्त गरेका जो कोहीले आवेदन दिन सक्ने गणित विज्ञान स्कुलले जनाएको छ । फागुन २७ गतेसम्म फाराम बुझाउन सकिनेछ । फागुन ४ गते बिहान ८ बजेदेखि ९ः४५ बजेसम्म हुने गणित विज्ञान स्कुल, बल्खुमा त्रिभुवन विश्वविधालयले जनाएको छ ।