free website hit counter

बीमीतको घरैमा पुगेर मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ असार १५, मंगलवार

काठमाडौं । आफ्ना बीमितको असामयिक निधनपछि सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीको वीरगञ्ज शाखाले मृतकको परिवारलाई १० लाख ३५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । वीरगंज महानगरपालिका १३ अशोकबाटिका निवासी ५३ बर्षिय सुनिता श्रीवास्तवको निधनपछि उनका छोरा राहुल श्रीवास्तवलाई कम्पनीले सो रकम हस्तान्तरण गरेको हो । इन्स्योरेन्स कम्पनी वीरगञ्ज शाखाका शाखा प्रमुख नविन रसुल अन्सारीले मृतकको परिवारको घरमै पुगी सो रकम बराबरको चेक हस्तारण गरेका हुन् । सुनिताले सानिमा इन्स्योरेन्स कम्पनीमा २०७७ कार्तिक १ गते १० लाखको बीवन बीमा गराएकी थिइन । उनले बीमा गरेको प्रथम किस्ता वापतको ६७ हजार ३ सय ७९ मात्र भुक्तानी गरेकी थिइन । कोरोना संक्रमणले २०७८ बैशाख २३ गते उनको मृत्यु भए पश्चात बीमाङक रकम १० लाख र बोनश ३५ हजार थप गरी कुल १० लाख ३५ हजारको चेक उनको परिवारलाई दिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार