free website hit counter

बुटवल पावरको साधारण सभा सम्पन्न

beemaadmin
२०८१ पुष २९, सोमबार

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । उक्त सभाले सेयरधनीहरुलाई आव २०८०–८१ को मुनाफाबाट चुक्तपूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्र्ने लगायत संचालक समितिबाट पेश भएका सबै प्रस्तावहरु पारित गरेको छ । नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ वमोजिम नेपाल सरकारको स्वीकृति लिएर सेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने कम्पनीले जनाएको छ । ३१ औं बार्षिक साधारण सभाको निर्णय वमोजिम १ करोड कित्ता सेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र वोर्डमा दरखास्त पेश गरी प्रक्रियामा रहेको छ । यस कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा सञ्चालन भैरहेका छन् । साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सञ्चालित ४ मेवाको खुदी जलविद्युत केन्द्र र ६० मेवाको खिम्ती प्रथम जलविद्युत केन्द्रको सञ्ंचालन सुचारु रुपमा हुँदै आएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार