free website hit counter

बोनसपछि हकप्रद निष्कासनको तयारीमा हिमालयन रि

beemaadmin
२०८० माघ २८, आईतवार

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–०८० को मुनाफाबाट लाभांश र बोनस शेयर वितरण गर्ने घोषणा गरिसकेको छ । सो लाभांश र बोनस शेयर वितरणपश्चात् हकप्रद शेयरसमेत निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले प्रस्ताव पारित गर्न फागुन २० गते तेस्रो साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपछि कायम चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १०ः ८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । फागुन ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचार