free website hit counter

भाइटीकाको भोलिपल्ट बिदा दिन प्रधानमन्त्री राजी

beemaadmin
२०७६ कार्तिक ३, आईतवार

काठमाडौं । तिहारको सबैभन्दा महत्वपूर्ण दिन भाइटीका त्यो पनि तिहारको अन्तिम दिन नै पर्छ । त्यो दिनको रमझम नसकिँदै भोलिपल्टै सरकारी कार्यालय खुल्ने कारण कर्मचारीहरुले उल्लासमय तरिकाले पर्व मनाउन नपाएको गुनासो बढिरहेको बेला सरकारले भाइटिकाको भोलिपल्टलाई सार्वजनिक बिदा घोषणा गर्ने छयारी गरेको छ ।
नेवारी समुदायको भाइटीका १३ कात्तिकमा पनि पर्ने भन्दै प्रधानमन्त्रीलाई बिदा दिन आग्रह गर्दै डेलिगेसन गएको एउटा टोलीसँग प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट निर्णय गराएर बिदा दिन आफू सकारात्मक भएको बताएका छन् ।
संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का सांसदहरू डा. अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनलगायतको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १३ कात्तिकमा पनि बिदा दिन आग्रह गरेपछि प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार