free website hit counter

भारतबाट दशैं मनाउन घर फर्किएका पाँच जनाको जीप दुर्घटनामा ज्यान गयो

beemaadmin
२०७७ कार्तिक २, आईतवार

काठमाडौं । कोरोना कहरबीच भारतबाट दशैं मनाउन घर फर्किएका पाँच जनाको जीप दुर्घटनामा ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भिरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। शनिवार राति १ बजेतिर भैरहवाबाट कटारी हुँदै ओखलढुंगा मानेभन्ज्याङ्क जान लागेको बा २० प ७१७१ नम्वरको जीप दुर्घटना भएको हो। दुर्घटनामा परि चालक सहित अन्य तीन जना भने घाइते भएका छन्।

मृत्यु हुनेमा मानेभन्ज्याङ्का ४५ वर्षीय रामबहादुर सार्की र कर्ने सार्कीको भने सनाखत भइसकेको छ। पाँच जनाको मृत्यु भइसकेको छ। तीन जनलाई थप उपचारको लागि विराटनगर पठाएका छौं, जिल्ला प्रहरी कार्यालय उदयरपुरका डीएसपी वेदप्रसाद गौतमले भने। गाडीमा यान्त्रिक गडबढी हुँदा दुर्घटना भएको प्रारम्भिक रुपमा देखिएको प्रहरीले जानकरी दिएको छ। गाडी सडकबाट करिब १ सय मिटर तल खसेको छ।

Advertisement
Advertisement

गाडी चालक रुपन्देही त्रिगम्बा नगरपालिका ४ का २८ वर्षीय पवन खड्का गम्भिर घाइते भएका छन्। उनीहरु भारतबाट दशैं मनाउन घर फर्किएको खुलेको छ। भैरहवामा केही दिन क्वारेन्टाइन बसेर जीप रिजर्भ गरेर आएको डीएसपी गौतमले बताएका छन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार