नयाँ दिल्ली (भारत) । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको छ।
समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। त्यसपछि भारतीय सेनाको टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको हो।
समारोहमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसहित दुवै देशका उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो।
राष्ट्रपति भवनमा सम्मान गारत ग्रहण गरेपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट प्रस्थान गरेका छन्।