free website hit counter

भोलिदेखि खुल्दैछ शेयर कारोबार

beemaadmin
२०८२ आश्विन १, बुधबार

काठमाडौं । मुलुकमा उत्पन्न जटिल परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबार देखि पुनः शुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भए पनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो । बोर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

सम्बन्धित समाचार