free website hit counter

भ्यालेन्टाइनमा डेटिङ जानुअघि स्टिलको रिङमा गुप्ताङ्ग छिराउँदा…

beemaadmin
२०७७ फाल्गुन ५, बुधबार

एजेन्सी। गुप्ताङ्गको साइजको भ्रम नव युवादेखि वयस्कसम्मलाई हुने गरेकै कारण कहिले काहीं गुप्ताङ्ग ठूलो बनाउने लहडमा ठूला दुर्घटना हुने गरेका छन् ।

भ्यालेन्टाइन डेका दिन एक महिलासँग भेट्दा आफ्नो गुप्तांग ठूलो होस् भन्ने चाहनाले एक युवकले आफ्नो गुप्तांगलाई स्टिलको रिंगभित्र छिराए । तर, यसो गर्दा उनको गोप्य अंग २ दिनसम्म खतरनाक तरिकाले सुन्निएपछि उनलाई तत्काल अस्पताल पुर्याउनुपरेको छ ।

Advertisement
Advertisement

द सनको रिपोर्टअनुसार थाइल्याण्डको राजधानी बैंककका यी युवाले डाक्टरहरुसँग आफूले आइतबार एक महिलालाई भेट्ने तय भएको र आफूले उनलाई प्रभावित पार्न चाहेको बताएका छन् ।

Advertisement
Advertisement

युवकका अनुसार उनले अंगमा रगतको दबाब बढाएर ठूलो र कडा बनाउन रिंग प्रयोग गर्न सकिने कुरा सुनेका थिए । त्यसैले उनले आफ्नो टुलबक्समा रहेको ३ सेन्टिमिटर फराकिलो रिंगमा तेल प्रयोग गरेर आफ्नो गुप्तांग छिराए ।

तर, भोलिपल्ट उनको गुप्तांग निकै पीडादायी तरिकाले सुन्नियो र उनले रिंग निकाल्न सकेनन् । शुक्रबार बिहानदेखि रिंग उनको अंगमा अड्किएको थियो र शनिबार अपरान्हसम्म उनले यसलाई निकाल्न नसकेपछि इमरजेन्सीमा फोन गरेका थिए ।

उनले उद्धारकर्ताहरुसँग भने ‘मेरो अंग नै काट्नुपर्छ कि भनेर म निकै डराइरहेको थिएँ । यो निकै सुन्निएको थियो र मलाई त फुट्छजस्तो लागेको थियो ।’ रिंग काटेर उनलाई बचाउन उद्धारकर्ताहरुलाई पूरा ६० मिनेट लागेको थियो ।

उनलाई केही एन्टिबायोटिक्स र सुन्निने घटाउने क्रिम दिइएको छ । उद्धारकर्ताका अनुसार ती युवक एक घण्टा लामो रिंग काट्ने प्रक्रियाका क्रममा पीडाले रोएका थिए ।

सम्बन्धित समाचार