free website hit counter

तेस्रो वर्षमा महालक्ष्मी, ल्यायो महालक्ष्मी धनधान्य बीमा योजना

beemaadmin
२०७७ माघ २७, मंगलवार

काठमाडौं । कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफले ग्राहकको मन जित्दै व्यवसाय विस्तार गर्ने क्रममा कारोवार संचालनको दुई बर्ष पुरा गरेको अवसरमा मनि ब्याक बीमा योजना ल्याएको छ ।

कम्पनीले ‘महालक्ष्मी धनधान्य’ नामक यो योजना संचालनमा ल्याएको हो । आव २०७६–०७७ को नाफा–नोक्सान हिसाब बीमा समितिबाट स्वीकृतीपछि ६० करोडको सेयर सर्वसाधारणमा जारी गर्ने गरी प्रकृया शुरू गरेको पनि कम्पनीले जनाएको छ ।
कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखा र उपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौं वटा प्रोडक्ट लञ्च, १६५ करोड बीमा शुल्क संकलन र २५६करोड लगानी गर्न सफल भएको छ ।

तेस्रो वर्षमा महालक्ष्मी

महालक्ष्मी लाईफ इन्स्योरेन्सले कारोबार सञ्चालन गरेको दुई वर्ष पुरा गरी तेश्रो वर्षमा प्रवेश गरेको छ । २०७५ माघ २७ गतेबाट बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनी हो ।
कम्पनीले कारोबार शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा नयाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नु परेको थियो । कसैगरी व्यापार वृद्धि गरी आफूलाई अब्बल देखाउने होड र अस्वस्थ प्रतिस्पर्धाबीच स्वस्थ व्यापार गर्नु आफैमा ठूलो चुनौति कम्पनीलाई थियो । अर्को तर्फ कोभिड १९को कारण लामो समयसम्म नसोचेको कठिनाई भोग्नु पर्‍यो ।

त्यस्तो प्रतिकूल परिस्थितिको बावजुद नियमक निकाय, संचालक समिति,कर्मचारी र अभिकर्ताहरूको सहयोग र प्रयासले कम्पनीले २ वर्षको अवधिमा ६२ वटा शाखा, उपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौ वटा प्रोडक्ट लञ्च, १६५ करोड रूपैयाँ बीमा शुल्क संकलन र २५६ करोड रूपैयाँ लगानी गर्न सफल भएको छ ।

स्थापनाको एक वर्षपछि नै कोरोना महामारीको कारण लक्ष्य अनुसार शाखा संजाल विस्तार, निरन्तर अभिकर्ता तालिम संचालन र व्यवसाय वृद्धि गर्न नसकेता पनि कम्पनीले आव २०७५–0७६को पोलिशी बोनस न्यूनतम ५० रूपैयाँ ल्याई नयाँ कम्पनीहरू मध्येमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको जानकारी गराएको छ ।

सम्बन्धित समाचार