free website hit counter

मुम्बईबाट दुई हप्ता पैदल हिँडेर आएका युवक बने दोस्रो मृतक

beemaadmin
२०७७ जेष्ठ ४, आईतवार

काठमाडौं । कोरोनाले उग्र रुप धारण गर्ने क्रममा दोस्रो व्यक्तिको ज्यान लिएको छ । कोरोना भाइरसको संक्रमणबाट बाँके नरैनापुरका २५ वर्षीय युवकको आज निधन भएको हो । उनी बुधबार मात्र नेपाल आइपुगेको पाइएका थिए । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयाँ बस्तीका उनको आइतबार बिहान मृत्यु भएको थियो । उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी मुम्बईबाट दुई साता लामो यात्रा गरेर नरैनापुर आएका थिए । लामो पैदल यात्राका कारण उनको खुट्टा सुन्निएको थियो । शनिबार राति उनलाई एक्कासी ज्वरो आयो । स्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भएको हो ।

सम्बन्धित समाचार