free website hit counter

मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला

beemaadmin
२०७६ कार्तिक १७, आईतवार

काठमाडौं । वरिष्ठ मुटुरोग विशेष डा. भगवान कोइरालालाई सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ । गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्यासिक सेन्टरमा पनि नेतृत्वदायी भुमिकामा रहेर काम गरेका छन् । दक्षिण एसियामै मुटु रोगको उपचारका लागि चर्चित बनेका कोइराला विज्ञताजस्तै मिजासिला पनि छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो । दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम थियो । तर प्रधानमन्त्री ओलीले बास्कोटालाई उपकुलपति बनाउन चाहेपछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको बताइन्छ । कोइरालाले केन्द्रीय बाल अस्पताल खोल्ने योजना बनाएका छन् । सरकारले सो अस्पतालको लागि जग्गा उपलब्ध गराइसकेको छ ।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार