free website hit counter

यस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

beemaadmin
२०७६ कार्तिक १४, बिहीबार

काठमाडौं । १२ वर्षअघि मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौलामा फेरि समस्यादेखिएपछि लगातार उपचारको शिलसिला जारी छ । सिंगापुर पुगेर दुई पटक उपचार गरिए पनि राम्रो सुधार नदेखिएपछि कात्तिक १३ गते ग्राण्डी अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्रीको दुई चरणको डायलोसिस गरिएको अस्पतालले पुष्टि गरिसकेको छ । चिकित्सकहरुका अनुसार एक चरण डायलासिस गरेर औषधि दिँदा मिर्गौलाले फेरि पहिलेकै जस्तो काम गर्न सक्छ । तर, डायलासिस गरेर औषधि दिँदा पनि मिर्गौलाले काम गरेन भनेचाहिँ दुई वटा मात्र विकल्प बाँकी रहन्छ एउटा– लगातार डायलासिस । अर्को– मिर्गौला प्रत्यारोपण ।

प्रधानमन्त्रीको मिर्गौलाले अब पहिलेको जस्तै काम गरेन भने हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने हुन्छ । हप्तामा दुईपटक डायलोसिस गरिरहन निकै कष्टपूर्ण हुन्छ । अर्को विकल्प भनेको मृगौला प्रत्यारोपण नै हो । प्रधानमन्त्री ओलीको पहिल्यै एकपटक प्रत्यारोपण भइसकेकाले अब गर्ने पुनःप्रत्यारोपण हो ।

यसअघि सिंगापुर उपचार गर्न जाँदा नै यो विकल्पबारे छलफल भएको बताइन्छ । तर, यो निकै जोखिमपूर्ण हुने भएकाले चिकित्सकहरुले सहजै निर्णय गर्न सकिरहेका छैनन् । परीक्षणका रिपोर्टहरुका आधारमा आगामी उपचार प्रक्रियाको निधो गर्ने चिकित्सकहरुको तयारी रहेको बतायन्छ ।

आजै डिस्चार्ज गर्छौं  : डा. पाण्डे
उपचारका लागि बुधबार अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले बताएको छ । उहाँको दुई पटक डायलासिस गरिएको बताउँदै अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागकी अध्यक्ष डा. दिव्यासिंह शाहले संयुक्त प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएका हुन् । फेरि डायलासिस गर्नुपर्ने नपर्नेबारे रगतको रिपोर्ट आएपछि चिकित्कसहरुले निर्णय गर्ने मेडिकल डाइरेक्टर पाण्डेले बताएका छन् ।

 

सम्बन्धित समाचार