free website hit counter

यातायात कार्यालयको सेवा पूर्ण रुपमा बन्द

beemaadmin
२०७७ भाद्र १, सोमबार

काठमाडौं । राजधानीमा कोरोना संक्रमणको अवस्था जटिल अवस्थातर्फ अघि बढेपछि काठमाडौं उपत्यकाका सबै यातायात कार्यालयहरु बन्द भएका छन्। कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेका हुन्। मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले कोरोना संक्रमण बढेको भन्दै जनसम्पर्क धेरै हुने कार्य नगर्न निर्देशन जारी गरेको थियो।अहिलेलाई सवारी चालक अनुमतिपत्र, ब्लुबुक नवीकरण लगायतका सेवा बन्द हुने छन्। वाग्मति प्रदेश कार्यकालयले अत्यावश्यक सेवा वाहेकका अन्य सेवा बन्द गर्न भनेपछि उपत्यकाका कार्यालयबाट दिइने सेवा बन्द गरिएको हो।

सम्बन्धित समाचार