काठमाडौं । यूनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि नबिल बैंकले आगामी असार ५ गते विशेष साधारणसभा आव्हान गरेको छ ।
सो दिन ११ बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको प्रधान कार्यालयमा विशेष साधारणसभा बोलाएको हो । सभाले युनाईटेड फाईनान्सको १ कित्ता सेयर बराबर उक्त कम्पनीका सेयरधनीहरुलाई नबिल बैंकको ०।३५ कित्ता अर्थात १ बराबर ०.३५ सेयर प्रदान गर्ने गरी स्वीकृति दिने विशेष प्रस्तावलाई अनुमोदन गर्ने छ । साथै, उक्त सभामा जाने प्रयोजनको लागि बैंकको आगामी जेठ २८ गते एकदिन बुक क्लोज हुने छ । उक्त सभा आभौतिक माध्यमबाट हुने बैंकले जानकारी गराएको छ । नबिल बैंक र यूनाइटेड फाइनान्सबीच प्राप्तिका लागि गत बैशाख १७ प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट मर्जररप्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जररप्राप्ति कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।