काठमाडौं । असार मसान्तबाट कार्यकाल सकिएर बिदा हुन लागेका यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लालकर्णको एक कार्यकाल दोहोरिएको छ । कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरि अर्को एक कार्यकाल थप गरेको हो । बीमा क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव हासिल गरेका कर्णले एमबिए गरेका छन् ।