free website hit counter

राष्ट्रपति कार्यालयले गर्यो कति राम्रो काम

beemaadmin
२०७७ बैशाख ५, शुक्रबार

काठमाडौं । बिलासी गाडी र हेलिकोप्टर खरिदको निर्णय गर्दा सामाजिक सञ्जालको चर्को आलोचना सहेको राष्ट्रपति कार्यालयले मुलुक संकटमा फसेको बेला एउटा उदाहरणीय र प्रसंसायोग्य काम गरेको छ । राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको हो । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येबाट ९ करोड ५० लाख रुपैयाँ फिर्ता गरिएको छ । कोरोनाभाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक वर्षमा सरकारले विभिन्न शीर्षक अन्तर्गत उपलब्ध गराएको कूल बजेटमध्येबाट सो रकम फिर्ता गरिएको राष्ट्रपति कार्यालयले बताएको छ । सो बजेट सरकारको संघीय संचित कोषमा जम्मा हुने व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई महिनाको पारिश्रमिक दिने निर्णय गरिसकेकी छिन् ।

सम्बन्धित समाचार