free website hit counter

रिलायबल नेपाल लाइफका अभिकर्तालाई पुनर्ताजगी तालिम

beemaadmin
२०७८ चैत्र २०, आईतवार

काठमाडौं। विभिन्न पोलिसीहरु ल्याएर जीवन बीमा बजारमा आफ्नो अलग्गै पहिचान कायम गर्न सफल रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड जिल्ला शाखा रामेछापले आफ्ना अभिकर्ताहरुलाई रिफ्रेसमेन्ट तथा मोटिभेसन तालिम प्रदान गरेको छ । जिल्ला सदरमुकाम मन्थलीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले शनिबार शाखामा आवद्ध आफ्ना नयाँ तथा पुराना अभिकर्तारुलाई एकदिने पुनर्ताजकिय तथा उत्प्रेरणा तालिम दिएको हो । तालिममा मिलियम डलर राउण्ड टेबल (एमआरडिटी) सहित व्यवसायिक सफलताका लक्ष्य हासिल गर्ने उपायबारे कम्पनीका रिजनल म्यानेजर राजकुमार गिरीले सहभागिहरुलाई जानकारी गराए। उनले बीमाका क्षेत्रमा अभिकर्ता भएर काम गर्दा आइपर्ने चुनौतीहरुलाई पार लगाउँदै कसरी असल र सफल अभिकर्ता बन्न सकिन्छ भन्ने जस्ता उपायहरुका बारेमा पनि तालिममा सहभागिहरुलाई जानकारी गराए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका जिल्ला शाखा रामेछापका ३८ जना सक्रिय अभिकर्ताहरुको सहभागि भएको तालिम शाखा म्यानेजर सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको थियो । २०६४ साल असार १८ गते कम्पनी रजिष्टारमा दर्ता भई २०७४ भदौ महिनाको १५ गते अनुमति पाएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले १० भन्दा बढी आकर्षक पोलीसीहरु ल्याएको छ । इन्स्योरेन्सले बीमा शुल्कमा छुट, पूर्ण अशक्त सुविधा, दुर्घटना सुविधा, अस्पताल नगद सुविधा, १५ वटा घातक रोग उपचार सुविधा, अभिकर्ताहरुका लागि आकर्षक मासिक स्कीम सुविधा लगायतका पोलीसीहरु ल्याएको छ ।

सम्बन्धित समाचार