free website hit counter

रिलायबल नेपाल लाइफको लाभांश पारित

beemaadmin
२०८० फाल्गुन १, मंगलवार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । माघ २९ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारण सभाले प्रस्तावित १६.८४ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश पाउने छन् । सभाबाट सञ्चालक समितिमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । सभाबाट कम्पनीमा पहिलो पटक सर्वसाधारण सेयरधनीहरुको तर्फबाट डा भिष्म कार्की र दिवेश लोहनी निर्वाचित भएका हुन् । यसै वर्ष सर्वसाधारणमा प्रिमियममा सेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ नाघेको छ । त्यस्तै, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–०८० को सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटलसहितको एकीकृत वित्तीय विवरणहरु तथा लेखापरीक्षकको नियुक्ति सम्बन्धी विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

सम्बन्धित समाचार