काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको धरान शाखाले बीमितको मृत्युपछि आश्रित परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । बीमित हेमराज भुजेलले धरान शाखाबाट जीवन बीमा गरेका थिए ।
उनको मृत्यु भएपछि बीमा वापतको २ लाख ०७ हजार ५ सय रुपैयाँ कम्पनीले उनको परिवारलाई दिएको हो । कम्पनीले बीमितको पत्नी ललिता चौधरीलाई जीवन बीमा रकम धरान उप–महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष वावु लाल लामाले हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा वडा अध्यक्षले सानो सानो बचतबाट यसरी बीमा गर्न सकिने र बीमा गरे पछि आफूलाई भइपरी आएमा आफ्नो परिवारलाई सहयोग पुग्ने भएकाले सबैले जीवन बीमा गर्न जरुरी रहेको बताए ।