free website hit counter

रिलायबल नेपाल लाइफले दियो मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७७ चैत्र २, सोमबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको मृत्युपछि बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमित चिजकुमार श्रेष्ठको परिवारलाई उक्त बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतक श्रेष्ठको परिवारलाई ६ लाख ४० हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीका दमौली शाखा प्रमुख जगदिश काफ्लेले बीमतहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनी दायित्व भएको हुँदा कम्पनीको निति अनुरुप समयमानै दाबी भुक्तानी गरिएको बताए ।

सम्बन्धित समाचार