free website hit counter

लकडाउन खुकुलो, सबै बैंक खुला

beemaadmin
२०७७ जेष्ठ २९, बिहीबार

काठमाडौं । लगातारको लकडाउन र सामाजिक दूरी कायम गर्नु पर्ने भएका कारण वित्तीय क्षेत्र आंशिक रुपमा मात्रै खुलिरहेको बेला अब बैंक तथा वित्तीय संस्थाहरुले पूर्ण रुपमा खुला हुने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अब बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुला हुने जानकारी दिए । यसअघि एक तिहाई कर्मचारीहरुमात्रै राखेर बैंकहरुले सिमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरु बन्द थिए । अब बैंकका सबै शाखाहरु खुला गरेर सेवा दिन पाउने भएका छन् । सरकारले शुक्रबारबाट लागु हुने गरी लकडाउन खुकुलो बनाएको छ ।

सम्बन्धित समाचार