काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम ३ अर्ब २८ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजीको ३ प्रतिशत अर्थात ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस शेयर र ९ प्रतिशत अर्थात ३९ करोड ४१ लाख रुपैयाँ (कर सहित) नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।