free website hit counter

विदेशमै ज्यान गुमाएका डिलबहादुरको परिवारलाई सिटिजन लाइफले दियो १३ लाख दाबी भुक्तानी

beemaadmin
२०७८ भाद्र १५, मंगलवार

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमै ज्यान गुमाएका बीमितका आश्रित परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी दिएको छ ।
वैदेशिक रोजगारीमा रहँदा कोरोना संक्रमणका कारण ज्यान गुमाएका डिलबहादुर रेग्मीका आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी बापत १३ लाख रुपैयाँ भुक्तानी गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखाले वैदेशिक रोजगार मृत्यु दावी भुक्तानी बापत १३ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको जनाएको छ ।
कम्पनीले उनका आश्रित परिवारलाई दावी भुक्तानी बापत बीमाङ्क रकम दश लाख रुपैयाँ, दाह संस्कार खर्च एक लाख रुपैयाँ, आय नोक्सानी वापतको रकम दुई लाख रुपैयाँ गरी कुल जम्मा १३ लाख रुपैयाँ बीमितकी श्रीमती कमला देवी रेग्मीलाई हस्तान्तरण गरिएको सो कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार