free website hit counter

शेयरमा लगानी गर्ने हो ? खुल्यो लघुवित्त क्षेत्रकै सबैभन्दा ठुलो आइपीओ

beemaadmin
२०७७ असार १०, बुधबार

काठमाडौं । शेयरमा लगानी गर्ने योजनामा हुनुहुन्छ भने लघुवित्त क्षेत्रकै सबैभन्दा ठुलो आइपीओ निष्काशन भएकोछ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आजबाट (असार १०) बाट साढे ४७ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो। यो शेयर निष्काशन लघुवित्त क्षेत्रको हालसम्मकै सबै भन्दा ठूलो आईपीओ हो । लघुवित्तले एक सय रुपैयाँ अंकित दरका ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो। कुल निष्काशन गरिएको शेयरमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्बसाधारणले आवेदन गर्न सक्नेछन्। लघुवित्तले जारी गर्न लागेको आइपिओमा सर्बसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन गर्न सक्ने छन्। लघुवित्तले निष्काशन गर्न लागेको आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने छ।
आइपीओमा आवेदन दिन चाहानेहरुले छिटोमा असार १४ गते र सो अवधिमा सबै शेयर बिक्री नभए असार २४ गतेसम्म आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ। जरकोटको खलंगामा केन्द्रीय कार्यालय स्थापना गरी २०७४ मंसिर १२ गतेदेखि सञ्चालमा आएको यस लघुवित्तले गत मंसिर २३ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभामार्फत आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

सम्बन्धित समाचार