काठमाडौं । कोरोना संक्रमण फैलिनेक्रम बढ्दो अवस्थामा रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्। आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।
१८ जनाको मृत्यु
नेपालमा कोरोना एकै दिन १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १२ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा ३ हजार ७ सय ९० जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। कुल संक्रमितमध्ये ४० हजार ७ सय ७८ सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १३ लाख ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्।