free website hit counter

सगरमाथा इन्स्योरेन्सको शुल्क आर्जन २.५ अर्ब

beemaadmin
२०७८ असार ३१, बिहीबार

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित ११.५७८९ प्रतिशत लाभांश पारित भएको छ । असार ३० गते सम्पन्न कम्पनीको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, सेयरधनीले गत आर्थिक वर्ष २०७६–७७ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत गरी कूल ११.५७८९ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको साधारणसभा भर्च्युअल माध्यममार्फत सम्पन्न भएको थियो । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले चालु आर्थिक वर्षमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको जानकारी गराएका छन् । कम्पनीले अघिल्लो आवको तुलनामा ३.५७ प्रतिशतले व्यवसाय वृद्धि भई २ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरी खुद नाफा ३८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ ।

सम्बन्धित समाचार