free website hit counter

सडकको पैसा उठाउने हिम्मत कसैले गरेन

beemaadmin
२०७७ बैशाख २२, सोमबार

एजेन्सी । सबै कुरा समयको खेल हो । पाँच रुपैया सडकमा भेटिए पनि दायाँबायाँ हेरेर टिप्ने समय पनि थियो । तर अहिले सडकमा छरिएको पैसा कसैले नउठाउने अवस्था आएको छ । कोरोनाभाइरसको डर मानिसहरुमा कतिसम्म छ भनेर इन्डियन एक्सप्रेसले एउटा रोचक खबर प्रकाशित गरेको छ । भारतको दिल्लीको लरेन्स रोड नजिकैको एक घर बाहिर सडकको किनारमा ५ सय भारुका थुप्रै नोट छरिएका थिए तर कसैले पनि यी नोटलाई छुने आँटसमेत गरेनन् । इलाकामा बस्ने अन्य मानिसहरुले उक्त नोट देखेपनि कसैले कोरोनाभाइरस फैलाउने उद्देश्यसहित यस्तो गरेको हुनसक्ने अनुमान गरे । त्यसपछि स्थानीयले पुलिसलाई बोलाए । स्यानिटाइज गरेपछि यी नोटलाई खाममा राखेर पुलिस स्टेशनतर्फ गए । इन्डियन एक्सप्रेसका अनुसार घटना त्यतिबेला सार्वजनिक भयो जब एक महिलाले पुलिसलाई आफ्नो पैसा हराएको जानकारी दिइन् । वास्तवमा एक महिलाले एटिएमबाट पैसा निकालेपछि त्यसलाई स्यानिटाइजरले धोएर बालकोनीमा सुकाएकी थिएन् । उनले पुलिससँगको कुराकानीमा सायद हावाका कारण केही नोट सडकमा खसेको हुनसक्ने बताइन् ।

सम्बन्धित समाचार