काठमाडौं । सुरक्षित जीवन यापनको लागि निर्माण केडिया अर्गनाइजेशनको र वृज सिमेन्टको संयोजकत्वमा निर्माण गरिएको ‘आवाज एकताको’ सन्देशमुलक सामाजिक भिडियो सार्वजनिक भएको छ । अहिलेको विषम परिस्थितीमा सबै नेपालीको मनोबल र आत्मविश्वास कायम राखिरहन केडिया अर्गनाइजेशन र वृज सिमेन्टद्वारा यो सिर्जनामूलक सांगितीक भिडियो सन्देश मार्फत चेतना जगाउन प्रयास गरिएको कम्पनीले जारी विज्ञप्तिमा जनाएको छ । यस गीतको सम्पूर्ण निर्माण व्यवस्थापन, संयोजन एवं निर्माण कि एडभर्टाइजिङ्ग सर्भिस प्रा।लि।ले गरेको छ । शब्दबाट ब्यक्त हुन नसकेको कुराहरु पनि यस ‘आवाज एकताको’ झल्किने सांगितिक भिडियोले सम्पूणमा एकताको संचार गर्ने छ भन्ने विश्वास कम्पनीको छ ।