free website hit counter

सानिमा लाइफमा आवेदकको ओइरो, दुई दिनमै पर्यो १५ लाख आवेदन

beemaadmin
२०७८ श्रावण २१, बिहीबार

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको बेला बीमा कम्पनीको आइपीओ खुल्दा आवेदकको ओइरो लाग्ने गरेको छ  । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको आइपीओमा दुइ दिनमा झण्डै १५ लाख आवेदकले आवेदन दिएका छन्। बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार बेलुका पाँच बजेसम्ममा कम्पनीको आइपीओमा १४ लाख ९५ हजार ३८९  जना आवेदकबाट २ करोड ३८ लाख ११ हजार ७१० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो। कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ। कम्पनीको आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी १अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब करोड रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार