काठमाडौं । कोरोना संक्रमणले विश्व अर्थतन्त्रलाई लथालिंग बनाइरहेको बेला सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिजअन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ बजारमा प्रस्तुत गरेको छ । ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी ए७१ तथा ए५१ मोबाइलहरुमा विभिन्न विशेषताहरुः विद्यमान रहेका छन् । यसमा आजको व्यस्त जीवनमा अत्यावश्यक ज्यादा टिकाऊ हुने व्याट्रि, मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्न सकिने क्यामरा तथा जीवन्त दृश्यावलोकनको लागि इन्फिनिटी ओ डिस्प्ले रहेका छन् ।
ग्यालेक्सी ए७१मा ६४ मेगापिक्सल तथा ग्यालेक्सी ए५१ मा ४८ मेगापिक्सलको क्यामरा राखिएको छ । यसैले गर्दा यी मोबाइल फोनबाट दिनमा वा रातमा खिचिएका फोटोहरु सफा एवं उत्कृष्ट आउने दाबी कम्पनीको छ ।