free website hit counter

सिटिजन्स बैंकको नाफा सवा २ अर्ब

beemaadmin
२०७९ श्रावण ७, शनिबार

काठमाडौं । टिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०।२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १५.५७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २८.५० प्रतिशत र सञ्चालन मुनाफा २४.९४ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १५ रुपैयाँ ८५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.९१ प्रतिशत बढेको छ भने जगेडा कोष २.१३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ८.६५ प्रतिशत र कर्जा १०.६८ प्रतिशत बढेको छ।

सम्बन्धित समाचार