काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड तम्घास शाखाले बीमितका आश्रित परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घरमै पुगेर एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै दाबी रकम उपलब्ध गराएको हो । धुर्कोट गाउपालिका १ गुल्मीमा बस्दै आएका राम बहादुर सिंजालीको असामायिक निधन भएपछि कम्पनीले बीमितकी श्रीमती गंगा सिंजालीलाई दाबी भुक्तानी बापत पाँच लाख ७० हजार रुपैयाँ प्रदान गरेको हो । यसैबीचमा अभिकर्ता नारायण बहादुर रानाले दुःख परेको बेला घरमै गएर सहजै दाबी भुक्तानी गरेकोमा कम्पनीलाई विशेष धन्यवाद दिदै आगामी दिनमा सबै जनाले बीमा गर्न आवश्यक रहेको बताए । बीमितकी श्रीमती गंगा सिंजालीले पतिको निधनपछि आवश्यक कागजपत्र जुटाई दाबी भुक्तानीका लागि खबर गर्दा कम्पनीले छिटो छरितो र सहज ढंगले दाबी भुक्तानी गरेकोमा कम्पनीलाई धन्यवाद दिदै आगामी दिनमा पनि सबैको बीमा गराउन सुझाव दिइन् ।
बीमामा थोरै बचत गर्दापनि धेरै आर्थिक जोखिम बहनका साथै बचतपनि हुने भएकाले बीमा जरुरी भएको र अस्पतालमा उपचार गर्न नसकेर घरमै आएर बस्नु पर्ने अवस्था सिर्जना नहोस भनेर पनि जीवन बीमा अत्यावश्यक रहेको तम्घास शाखा प्रमुख शर्मिला पन्थले बताइन् । कार्यक्रममा सिटिजन लाइफ तम्घास शाखा प्रमुख शर्मिला पन्थ, धुर्कोट गाउपालिका वडा नं २ का वडा सदस्य साथै कार्यपालिका सदस्य कस्मिरा अधिकारी, अभिकर्ता नारायण बहादुर राना, स्थानीय, शिक्षक, बुद्दिजिबी, समाजसेवी र कम्पनीका अभिकर्ताहरुको समेत उपस्थिति रहेको थियो । यस कार्यक्रमको सञ्चालन तम्घास शाखाका अपरेसन इन्चार्ज सुभाष न्यौपानेले गरेका थिए ।