free website hit counter

सिटिजन लाइफले पारित गर्यो आइपीओ निष्काशन प्रस्ताव

beemaadmin
२०७७ फाल्गुन ३, सोमबार

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आम्रपाली ब्याङक्वेट, नक्साल सम्पन्न साधारणसभामा कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ ।

त्यस्तै, सभामा कम्पनीको आर्थिक वर्ष २०७५–७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।

सभामा आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तथा धितोपत्र दर्ता गरी आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार