free website hit counter

सुनको मूल्य आज पनि बढ्यो

beemaadmin
२०८२ जेष्ठ २९, बिहीबार

काठमाडौं । नेपाली बजारमा जेठ २९ गते सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिन देखि सुनको मूल्य उच्च वृद्धि भएको छ । यस दिन चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार