free website hit counter

सूर्यज्योति लाइफद्वारा ५१ करोड दाबी भुक्तानी

beemaadmin
२०८० चैत्र २, शुक्रबार

काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्दै अघि बढेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को ८ महिनामा साढे ५१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार फागुन मसान्तसम्म १ हजार ३२४ वटा दाबी वापत ५१ करोड ५६ हजार रुपैयाँ बराबरको भुक्तानी गरेको हो । फागुन महिनामा मात्रै १७९ वटा दाबी वापत ७ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीले बताएको छ । हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका कम्पनीले दाबी भुक्तानीमा जोड दिइरहेको छ ।

सम्बन्धित समाचार