free website hit counter

हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश दिने

beemaadmin
२०७९ पुष ५, मंगलवार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट हिमालयन बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.११ प्रतिशत नगद लाभांश गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार