free website hit counter

१९५४ प्रहरीलाई संक्रमण, कुन प्रदेशमा कति ?

beemaadmin
२०७७ भाद्र १८, बिहीबार

काठमाडौँ । कोरोनाविरुद्ध अग्र मोर्चामा खटिएका सुरक्षाकर्मीहरुलाई धमाधम संक्रमण फैलिइरहेको छ । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । उपत्यकामा मात्रै ५५६ जना प्रहरी कर्मचारी संक्रमित भएका छन् । प्रहरी प्रधान कार्यालय र प्रहरी अस्पतालमा गरी ८४ जना संक्रमित भएको प्रहरी प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी( कुवेर कडायतले जानकारी दिए । कडायतका अनुसार त्यसैगरी उपत्यकामा ट्राफिक प्रहरीसहित ४७२ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसबाट सातैवटै प्रदेशका कार्यरत प्रहरी कर्मचारीहरु पनि संक्रमित भएका छन् । सबैभन्दा बढी प्रदेश १ मा १९८ जना प्रहरी संक्रमित भएका छन् । त्यस्तै प्रदेश २ मा ११५, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा ८७, ५ नम्बर प्रदेशमा ७८, कर्णाली प्रदेशमा ३७ र सूदूरपश्चिम प्रदेशमा १३ प्रहरी संक्रमित भएका छन् । हालसम्म नेपालमा ४१ हजार ६४९ जना संक्रमित भएका छन् भने २३ हजार २९० निको भएका छन् । यस्तै २५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार