काठमाडौं । घर बनाउने सपना सबैको हुन्छ तर त्यो सपना पूरा गर्नकै लागि एनएमबि बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’ मा परिष्कृत विविधताका साथ ५ वर्ष सम्म स्थीर ब्याजदर सहित नयाँ योजना ल्याएको छ । उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याजदरको साथै कर्जाको अवधि अधिकतम २५ बर्ष रहेको छ ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उतार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै पृथक प्रकारको कर्जा योजना ल्याएको बैंकको दावी छ ।