काठमाडौं । नियामक निकाय बीमा समितिको निर्देशनपछि अजोड इन्स्योरेन्सले हकप्रद निष्काशनको एजेन्डा हटाएको छ । कम्पनीले पूँजी वृद्धि र हकप्रद निष्काशनको प्रस्ताव ल्याएको थियो ।
कम्पनी सञ्चालक समितिको चैत १६ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएका बेला समितिले यस्तो निर्देशन दिएको हो ।
एकाएक कम्पनी शेयरमूल्यमा बढ्नुमा हकप्रदको सूचना चुहिएर भित्रि कारोबार भएको आशंका गरेपछि बीमा समितिले तत्कालको लागि हकप्रद निष्काशन गर्ने एजेन्डा स्थगन गर्न निर्देशन दिएको हो । त्यस अनुसार नेपाल त्रितोपत्र बोर्डले पनि अध्ययन तथा छानविन उपसमिति गठन गरेको छ ।