free website hit counter

अजोड इन्स्योरेन्सको नाफा ५० प्रतिशतले बढ्यो

beemaadmin
२०७८ श्रावण २९, शुक्रबार

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण प्रकाशित गर्दै आफ्नो अवस्था प्रगति मार्गमा रहेको देखाएको छ । कम्पनीको खुद नाफा ४९.५१ प्रतिशतले बृद्धि भई १२ करोड ८१ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

गत आवमा जम्मा छ करोड ३६ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आवमा कम्पनीले उल्लेख्य बृद्धि गर्न सफल भएको हो । कोरोना महामारीकै बीचमा कम्पनीले व्यवसाय तथा मुनाफा विस्तार गर्न सफल भएको छ । कम्पनीले कूल एक अर्ब ३० करोड ४४ लाख ७६ हजार रुपैयाँको बीमा कारोबार गरेको वित्तीय विवरणमा देखिएकोे छ ।

गत आवको तुलनामा कम्पनीले बीमा कारोबार ४७।५१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवमा कम्पनीले जम्मा ८८ करोड ४३ लाख रुपैयाँको बीमा कारोबार गरेको थियो । कम्पनीले ३८ करोड २८ लाख १५ हजार रुपैयाँ खूद बीमा शुल्क आम्दानी गरेको छ ।

सो आम्दानी २६.२८ प्रतिशतले बृद्धि भएको देखिएको छ । गत आवमा कम्पनीले जम्मा ३० करोड २९ लाख पाँच हजार खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीको बीमा कोषमा ११ करोड सात हजार रुपैयाँ संचिती गरेको छ भने जगेडामा ९० लाख ८८ हजार र महाविपत्ति कोषमा एक करोड ९९ हजार सहित कूल कोषका आकार २१ करोड नौ लाख ९५ हजार संचिती गरेको छ । अघिल्लो आवमा कम्पनीको कोषमा जम्मा ११ करोड ५७ लाख २७ हजार रुपैयाँ संचिती थियो ।

सम्बन्धित समाचार