free website hit counter

अजोड इन्स्योरेन्सले नाफा र बीमा शुल्कमा मार्यो छलाङ

beemaadmin
२०७८ बैशाख २६, आईतवार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिभित्र अजोड इन्स्योरेन्सले सबै जसो सूचांकमा उल्लेख्य प्रगति गरेको छ । समिक्षा अवधिमा १ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ६० करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । खुद बीमा शुल्क आर्जनसँगै कम्पनीको मुनाफामा पनि उल्लेख्य सुधार भएको छ । कम्पनीको मुनाफा ७३।८७ प्रतिशतले बढेको छ । कम्पनीले चैत मसान्तसम्ममा ६ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले तीन करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो । मुनाफामा सुधार सँगै कम्पनीको जगेडा कोष १२६ प्रतिशतले बढेको छ । कम्पनीको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी पनि ७० करोड रुपैयाँबाट एक अर्ब रुपैयाँ पुगेको छ । त्यस्तो बीमा कोष ९३ प्रतिशतले बढेर ९ करोड २९ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ । खुद बीमा शुल्क आर्जन भने ६१ प्रतिशतले बढेर २९ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ । यसै अवधिमा कम्पनीले पुनर्बीमा कमिसन बापत १३ करोड ४९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

सम्बन्धित समाचार